अशोक झा
राजविराज, १७ चैत्र । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको मिति नजिकिदै जाँदा सप्तरीको राजगढ गाउँपालिकामा चुनावी चर्चामा तिब्रता आएको छ ।
चुनावको लागि अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवारीको सम्बन्धमा व्यापक चर्चा परिचर्चा शुरु भएको छ ।
स्थानीय चुनावमा यस अघि नेपाली काँग्रेसका उ्रम्मेदवार जित प्राप्त गर्दै स्थानीय सरकार संचालन गर्दै आएका छन् भने यस पालि जनता समाजवादी पार्टीको उम्मेदवारको नाम चर्चामा आएको स्थानीयहरु बताउँछन् । जनता समाजवादी पार्टीको संगठन सो गाउँपालिकामा व्यापक रुपमा विस्तार भएको कारण जनता समाजवादी पार्टीका उम्मेदवारलाई चुनाव जित्नमा कठिनाई नहुने स्थानीयहरुको भनाई छ ।
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चैत २० गतेसम्ममा उम्मदेवारको नामवाली सिफारिस गर्न निर्देशन दिएको छ । चैत्र २० गते पछि राजगढमा पनि उम्मेदवारको नामको घोषणा हुने निश्चित छ । जनता समाजवादी पार्टीको तर्फबाट राजगढ गाउ्रँपालिकामा शम्भु कुमार यादव, सुरेन्द्र यादव र चितरंजन यादव गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने आकाँक्षी रहेका छन् भने तीनै जना मध्ये शम्भुको नामको व्यापक चर्चा रहेको छ ।
जुझारु युवा नेताको रुपमा जनमानसमा परिचय बनाएका शम्भु यादव राजगढका बासिन्दाहरुमा राजगढको भविष्यको रुपमा देखिने गरिएको छ । ६ महिने मधेश आन्दोनलदेखि विभिन्न आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट बारम्बार घाइते, बारम्बार जेल जिवन बिताउन बाध्य भएका युवा नेता शम्भु कुमार यादव राजगढमा मात्र नभई सप्तरी जिल्ला भरिनै जनताको आशा बनेका छन् ।
२०५४ सालमा विद्यार्थी जीवनबाट सक्रिय राजनीतिक शुरु गरेको शम्भु यादव सोही वर्ष तत्कालिन नेपाल सदभावना पार्टी समर्थित भातृ संगठन विद्यार्थी मंचका इकाई सदस्य बनेका थिए । लगातार तीन वर्ष सक्रिय सदस्यमा जिम्मेवारी निर्वाह गरेका उनलाई पार्टीले वि.सं. २०५७ सालमा विद्यार्थी मंचका इकाई अध्यक्षका जिम्मेवारी दिएका थिए । वि.सं. २०६० सालमा शम्भु यादव राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसको स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए भने वि.सं. २०६३ सालमा स्ववियु निर्वाचनमा उनि सचिवमा उम्मेदवारी दिँदै भारी बहमुतले विजयी समेत भएका थिए । त्यस पश्चात उनी वि.सं. २०६६ सालमा स्ववियुका लागि उनी सभापति पदमा उम्मेदवारी दिएका थिए भने २०६७ वि.सं. मा पार्टीमा उनलाई विद्यार्थी मञ्चको जिल्ला अध्यक्षको जिम्मेवारी दिएका थिए र उनी २०६७ सालदेखि २०७८ सालसम्म लगातार ११ वर्षसम्म विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष पदमा रही काम गर्दै आएका छन् । जिल्ला अध्यक्ष रहेकै समयमा पार्टीले उनलाई केन्द्रिय सदस्यको साथै प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी समेत दिएका छन् ।
तत्कालिन सदभावना पार्टीबाट राजनीति जिवन शुरु गरेको शम्मु यादव राष्ट्रिय जनता पार्टी हुँदै समायाेजन पश्चात अहिले जनता समाजवादी पार्टीमा आबद्ध भई सक्रिय राजनीति गर्दै आएका छन् ।
वि.सं. २०३८ चैत्र ३० गते जन्मिनु भएका शम्भु यादवको बुवा राजगढ गाउँपालिका वडा नं. ६ फकिरा (तत्कालिन फकिरा गा.वि.स. वडा नं. ५) बस्ने योगेन्द्र प्रसाद यादव हुन् । शम्भु कुमार यादवको जन्म एउटा किसानको घरमा भएको थियो । बाल्यकालदेखि नै समाजसेवाको संगसंगै पढाईमा समेत ध्यान केन्द्रित गरेका शम्भु कुमार यादवले जीवनमा धेरै उतार चढावलाई पार गर्दै एलएलबी, एम.ए. तथा एम.एड सम्म अध्ययन गर्न सफल भएका छन् ।
असल व्यक्तित्व, चरित्रवाण तथा इमान्दारीताकै कारण शम्भु कुमार यादव अहिले सप्तरी सदरमुकाम राजविराज स्थित वर्ल्ड भिजन माध्यमिक विद्यालय तथा क्याम्पसका संस्थापक सदस्यको साथै कोर्डिनेटरको रुपमा कार्यरत रहेका छन भने उनी जिल्ला बार एशोसिएसन सप्तरीको सदस्य पदमा समेत निर्वाचित भएका छन् ।
असल नेतृत्व तथा स्वच्छ छबि भएका नेताको रुपमा आफ्नो व्यक्तित्व बनाउन सफल भएका शम्मु कुमार यादवले भने– “पार्टीले मलाई चुनावको लागि टिकट दियो भने म जिम्मेवारी बहन गर्न तयार छु, जनताको माया, स्नेह र आशिर्वादले आफु इमान्दारी पूर्वक चुनावी प्रतिस्पर्धामा लागेर जितको साथै जन सेवकको रुपमा काम गर्न तयार रहेको छु ।”