अशोक झा
राजविराज, १३ चैत्र । वैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको चयन गरेको छ ।
निर्वाचन आयोगले जारी गरेको तथ्याङ्क अनुसार सप्तरी सप्तरी राजविराज नगरपालिकाका बाहेकका १७ वटै स्थानीय तहमा निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
राजविराजका लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख नै निर्वाचन अधिकृत हुने बताइएको छ ।
जारी तथ्याङ्क अनुसार अग्निसाइर कृष्णासबरन गाउँपालिकाका लागि न्याय परिषद सचिवालयका उप सचिव मेघनाथ चापागाई, कंचनरुप नगरपालिकाका लागि भुमि, व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका उपसचिव हिमालय बराल र खडक नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका जिल्ला न्यायाधिवक्ता मोहम्मद मुन्नालाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।
त्यस्तै छिन्नमस्ता गाउँपालिकाका लागि शिक्षा तालिम केन्द्र, सुनसरीका अधिकृत सूर्यराज घिमिरे, डाक्नेश्वरी नगरपालिकाका लागि शिक्षा विकास तथा समन्वय ईका इलाका उप सचिव शम्भुनाथ मगर, तिरहुत गाउँपालिकाका लागि उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधीश अमित उप्रेती, तिलाठी कोइलाडी गाउँपालिकाका लागि कानून व्यवसायी परिषद ललितपुरका उपसचिव मोना सिंह र राजगढ गाउँपालिकाका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरीका निर्देशक धर्मेन्द्र प्रसाद धमलालाई नियुक्त गरेको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी बोदेबर्साइन नगरपालिकाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव पुरुषोत्तम खतिवडा, महदेबा गाउँपालिकाका लागि लोकसेवा आयोग, काठमाण्डौंका उपसचिव युवराज पोखरेल, रुपनी गाउँपालिकाका लागि सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्के र बिहान बिहुल गाउँपालिकाका लागि लोकसेवा आयोग काठमाण्डौंका उपसचिव सूर्य प्रसाद सापकोटालाई चयन गरेको छ ।
त्यस्तै विष्णुपुर गाउँपालिकाका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबारका उप सचिव प्रकाश प्रसाद पोखरेल, शम्भुनाथ नगरपालिकाका लागि उच्च अदालत जनकपुर, राजविराज इजलासका उपरजिष्ट्रार उज्जवल न्यौपाने, सप्तकोशी नगरपालिकाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाण्डौंका उप सचिव विष्णु प्रसाद निरौला, सुरुङ्गा नगरपालिकाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप सचिव ईश्वर प्रसाद काफ्ले, र हनुमाननगर कंकालिनी नगरपालिकाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानो ठिमी भक्तपुरका निर्देशक माधव प्रसाद दाहाललाई निर्वाचन अधिकृतमा चयन गरेको जारी तथ्याङ्ककमा उल्लेख छ ।