अशोक झा
राजविराज, १० चैत्र । चौंथो संस्करणमा राजविराज मेयर कप सप्तरी प्रिमीयर लिग सप्तरीको राजविराजमा सुरु भएको छ।
राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गरेको छ ।
राजबिराज ब्रदर्सले दिएको १४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छंदै ६ विकेट क्षेतीमा भेटायो। खडक वारियर्सको लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए । उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै अरनिको यादवले ५० रन बनाए । जसमा उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका छन्।
राष्ट्रिय क्रिकेटर समेत रहेका कप्तान सिद्धान्त लोहनी खाता नखोली आउट हुँदा २४ रनमा ५ विकेट गुमेको अवस्थामा राहुल र अरनिकोले छैठौं विकेटको लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।
राजविराज ब्रदर्शका बलर अनुज चुनारा र दिपेश कंडेलले समान दुई÷दुई विकेट तथा पार्थिव यादवले एक विकेट लिए पनि जित्न पर्याप्त रहेन।
टस जितेर ब्याटिंग गरेको राजविराज ब्रदर्शले २० ओभरमा ८ विकेट क्षेतीमा १३९ रन बनायो। उसको लागि ओपनर अमित कुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा निरज कुमार यादवले २६ रन बनाए। खडक वारियर्सका बलर अरनिको यादव र रोबिन सिंहले समान तिन विकेट लिए।
खेलको प्लेयर अफ द म्याचबजाज खडक वारियर्सका अरनिको यादव घोषित भए।
प्रतियोगिता अन्तर्गत दोस्रो दिन शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे टिभीएस किंग्स राजविराज र राजविराज द किंग्स तथा दोश्रो खेलमा दिउँसो १ बजे बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्ट्स प्रतिस्पर्धा गर्नेछन्।एसपीएलको उद्घाटन खेलमा खडकको शानदार जीत
अशोक झा
राजविराज, १० चैत्र । चौंथो संस्करणमा राजविराज मेयर कप सप्तरी प्रिमीयर लिग सप्तरीको राजविराजमा सुरु भएको छ।
राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गरेको छ ।
राजबिराज ब्रदर्सले दिएको १४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छंदै ६ विकेट क्षेतीमा भेटायो। खडक वारियर्सको लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए । उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै अरनिको यादवले ५० रन बनाए । जसमा उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका छन्।
राष्ट्रिय क्रिकेटर समेत रहेका कप्तान सिद्धान्त लोहनी खाता नखोली आउट हुँदा २४ रनमा ५ विकेट गुमेको अवस्थामा राहुल र अरनिकोले छैठौं विकेटको लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।
राजविराज ब्रदर्शका बलर अनुज चुनारा र दिपेश कंडेलले समान दुई÷दुई विकेट तथा पार्थिव यादवले एक विकेट लिए पनि जित्न पर्याप्त रहेन।
टस जितेर ब्याटिंग गरेको राजविराज ब्रदर्शले २० ओभरमा ८ विकेट क्षेतीमा १३९ रन बनायो। उसको लागि ओपनर अमित कुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा निरज कुमार यादवले २६ रन बनाए। खडक वारियर्सका बलर अरनिको यादव र रोबिन सिंहले समान तिन विकेट लिए।
खेलको प्लेयर अफ द म्याचबजाज खडक वारियर्सका अरनिको यादव घोषित भए।
प्रतियोगिता अन्तर्गत दोस्रो दिन शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे टिभीएस किंग्स राजविराज र राजविराज द किंग्स तथा दोश्रो खेलमा दिउँसो १ बजे बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्ट्स प्रतिस्पर्धा गर्नेछन्।