शुभ नारायण यादव
राजविराज, ०९ चैत्र । सप्तरीको रुपनीमा बुधवार नेकपा माओवादी केन्द्रले स्मृतिसभा सम्पन्न गरेको छ ।
माओवादी द्वन्दको समयमा नेपाली सेनाको गोलीबाट सहादत दिएका शहीद अजव लाल यादव र बेद प्रसाद भटराईको स्मृतिमा २० औ स्मृति तथा श्रद्घाञ्जली सभा सम्पन्न भएको हो। ।
माओवादी केन्द्रको रुपनी गाउँकमिटीको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सिहेंश्वर साह, केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल (अमर), मधेश प्रदेश सदस्यत्रय महेश प्रसाद यादव, छेदी रजक, अरुण कुमार साह, जिल्ला सदस्यहरु भगवती यादव, रामगमन साह, गणपति साह, पत्रकार देवराम यादव, नेपाल राष्ट्रिय कर्मचारी महासंध तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको संयोजक छोटे लाल यादव लगायतले आ–आफ्ना विचार राखेका थिए ।
अजव लाल यादवको धनुषा जिल्लाको सरसामा २०२३ सालमा जन्म भएको थियो भने तत्कालिन नेपाली सेनाले नियन्त्रणमा लिइ २०५८ साल चैत ९ गते सप्तरीको पौवा गाउँमा गोली हानेर मारेका थिए । त्यस बेला शहीद यादव सप्तरी, सिरहा, उदयपुर जिल्लाका ईन्चार्जका जिम्मेवारीमा थिए ।