अशोक झा
राजविराज, ९ चैत । सप्तरीको राजगढ गाउँपालिका वडा नं. ३ स्थित नर्घोमा जारी तीन दिवसीय व्यवसायिक साक्षरता तालिम आज बुधवार पनि जाी रहेको छ ।
युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा “नागरिक सक्रियता” परियोजनाले मंगलवारबाट सो व्यवसायिक साक्षरता तालिम सञ्चालन गरेको हो ।
तालिममा राजगढ गाउँपालिकाका वडा नं. २ का सृजनशिल महिला समूह तथा वडा नं.३ का सरस्वती महिला समुहकी महिला÷युवती सदस्यहरुलाई व्यवसायिक साक्षरता तालिम सञ्चालन गरिएको दलित सरोकार मञ्चका सुशासन सहजकर्ता उपेन्द्र कुमार मरिकले बताए ।
तालिममा लक्षित ग्राहकको पहिचान र विक्रय कलाको विकास, व्यवसायिक योजनाको महत्व, व्यवसायको अर्थ, प्रकार, महत्व र फाईदा, लागत तथा विक्रि मूल्य निर्धारण र लगत तथा लागतका तत्वहरु बजार र बजारीकरण लगायत बिषयबस्तुहरु समिटिने मञ्चले जनाएको छ । तालिमको प्रमुख प्रशिक्षक दिपक साह शंकरले सहजिकरण गरिरहेका छन् भने मंगलवार राजगढ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सिताराम यादव र दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले संयुक्त रुपमा ब्यानर पढेर तालिम उदघाटन गरेका थिए ।