राजविराज, २४ भदौं । सप्तरी सदरमुकाम राजविराजमा बुधवार मात्रै २७ जना कोरोना संक्रमित थपिएको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणबाट राजविराज नगरपालिका वडा नं. १ मा ३ जना, वडा नं. २ नं. मा ३ जना, वडा नं. ४ नं. मा १ जना, वडा नं. ६ नं. ४ जना, वडा नं. ७ मा ११ जना, वडा नं. १ जना, वडा नं. ९ नं. मा २ जना, वडा नं. १० मा १ जना र अनार भुपेन्द्रनाथ अस्पतालका १ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
यसैबीच पछिल्लो २४ घण्टामा देशमा १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुग्दा डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १२ पुगेको छ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ। अहिले होम आइसोलेसनमा सात हजार ३७ रहेका छन् भने संस्थागत आइसोलेसनमा सात हजार ९ सय ८८ जना रहेका छन्।
नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ९९ हजार ३ सय ४१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ५ हजार ४ सय ८० जना रहेका छन्।