अशोक झा
राजविराज, ०५ चैत्र । देशमा शनिवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालामा १ हजार ९ सय ९३ पीसीआर परीक्षणमा ८ जना र २ हजार ५ सय ५० एन्टिजेन परीक्षणमा ९ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ सय ९ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार ५ सय ९५ रहेको छ ।