अशोक झा
राजविराज, ०५ चैत्र । सप्तरीको सोनरामा शिक्षकको कुटाईबाट घाइते भएका एकजना बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको महदेबा गाउँपालिका वडा नं. १ सोनरामा शिक्षकको कुटाईबाट घाइते भएका सोनरा राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत ८ वर्षिय बालक कमल यादवको उपचारको क्रममा शनिवार मृत्यु भएको हो ।
विद्यालयका प्रधानाध्यापक बसन्त कुमार चौधरीले फागुन २३ गते बालकलाई बाँसको लठ्ठीले प्रहार गर्दा बालक घाइते भएको मृतक बालकका बुवा डम्बर यादवले प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख रहेको छ ।
गम्भिर धाइते भएका वालकको राजविराज स्थित युनिक सिटी अस्पतालमा उपचार पछि थप उपचारको लागी भनिएकोमा आर्थिक अबस्था कमजोर रहेका कारण थप उपचार गर्न नसकेको कारण छोराको मृत्यु भएको वालकको बुबाले सञ्चारकर्मी समक्ष बताएका छन् ।
जोहरी पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीवाट खटिएको प्रहरीले प्रकृती मुचुल्ला पछि शवलाई पोष्टमार्टमको लागी राजविराज स्थित गजेन्द्र नारायण सिहं अस्पताल पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भई रहेको बताइएको छ ।