अशोक झा
राजविराज, ०४ चैत । सिरहाको आँप चौकबाट प्रहरीले पेस्तोल र गोली सहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले गस्ती टोलीले शुक्रवार जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षिय ब्रह्मदेव यादवलाई बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकल सहित सोही वडाको आँप चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एक थान र ५ राउन्ड गोलीसहितको एक थान म्याग्जिन बरामद भएको यादवलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।