रामनाथ महतो ।
राजविराज, ४ चैत्र । सप्तरीमा दुई पछि होलीमा व्यापक रमझम देखिएको छ । कोरोना महामारीका कारण गतवर्ष सुनसान रहेका सप्तरीका अधिकाँश शहर बजार तथा गाउँघरमा यो वर्ष विभिन्न कार्यक्रम गरी होली मनाइएको हो ।
होलीको अवसरमा विभिन्न सामाजिक संघ संस्थाहरुले होली मिलन कार्यक्रम आयोजना गरेका छन् भने लोप हुँदे गई रहेको फगुवा (होलीमा गाइने परम्परागत गीत) गाउने समूहहरु समेत गाउँघरमा देखिएको छ । शिवमण्ठ पर राम खेलैय होरी, जोगिरा सरररररर, किनकाके हाथ अबिर झोरी सहितका मनमोहन फगुवा गाएर होली पर्व मनाइएको देख्दा अति प्रसन्ता उत्पन्न भएको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष शिवशंकर पण्डित डोमीले मधेशन्यूजलाई बताए ।
तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा शुक्रवार सरकारले सार्वजनिक विदा दिएको छ ।