अशोक झा
राजविराज, ०३ चैत्र । चोरी मुद्दाका फरार एक जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ बस्ने दुर्गा प्रसाद साहको २५ वर्षिय छोरा श्याम बाबु साहलाई प्रहरीले पक्राउ गरेको हो ।
राजविराज नगरपालिका वडा नं. ७ बस्ने शिव नारायण साहको जाहेरीको आधारमा २०७६ जेठ १५ गतेमा सप्तरी जिल्ला अदालतले श्याम बाबु साहलाई १ महिना ४ दिनको कैद तथा ३० हजार नगदको जरिवाना तोकेका थियो । जरिवाना पश्चात फरार रहेको श्याम बाबुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउदै कैद सजायका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।