अशोक झा
राजविराज, ०२ चैत्र । सप्तरी सदरमुकाम राजविराजमा बुधवार होली महोत्सव तथा गाय प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ ।
राजविराज नगरपालिका वडा नं. ७ स्थित श्री हरिनन्नदेश्वर महादेव मन्दिरको प्राङ्गणमा नगरका प्रमुख शम्भु यादवको प्रमुख आतिथ्यका होली महोत्सव तथा गायन प्रतियोगिता सम्पन्न भएको हो ।
करिब एक दर्जन होली गायन समूहले सहभागीता जनाए पनि सो प्रतियोगितामा झल्ही गायन समूह प्रथम भएका छन् भने बजरंग युवा समुह दोस्रो, खर्साल यु्वा समूह तेस्रो स्थान र जय माँ भगवती समूह चौथो स्थान प्राप्त गरेका छन् ।
गायन प्रतियोगिताको निर्णायक मण्डलमा पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव, मैथिली साहित्य परिषद्का सचिव अजय कुमार झा, नागरिक समाजका अध्यक्ष तथा संचारकर्मी सुखराम यादव, राष्ट्रिय सांस्कृति महासंघका अध्यक्ष भुषन सिंह भँवर र पत्रकार मनोज माझी रहेका थिए ।
सोही कार्यक्रममा ज्येष्ठ नागरिक प्रदेश नं. २ अध्यक्ष शंकर शारदा, महिला अधिकारकर्मी सुनिता साह, शिक्षिका मंजु श्रेष्ठ, युवा विष्णु यादव, कानुन व्यवसायी प्रतिमा देव, एकह महिना समूहकी अनिता देवकोटा, छेदी यादव, मनिष महासेठ, फिरोज आलम, पुन्तिलाल यादव, ई सूर्य नारायण यादव र वरिष्ठ पत्रकार व्यास शंकर उपाध्यायलाई सम्मान गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख साधना झा, वरिष्ठ पत्रकार शवहरि प्रसाद भट्टराई सहितका व्यक्तिहरुको उपस्थिति रहेका थिए भने प्रमुख र उप्रमुखले विजयीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।