अशोक झा
राजविराज, ०१ चैत्र । नेपाल भारत सिमाक्षेत्रको सप्तरी स्थित बेल्ही भन्सार दशगाजा क्षेत्रको पुल निर्माणको सम्बन्धमा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले पहल शुरु गरेको छ ।
मन्त्री साहले मंगलवार संघीय सरकारका भौतिक तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई भेट गरी सो पुल निर्माणका लागि भरपर्दो पहल गरिदिन भन्दै ज्ञापन पत्र समेत दिएका छन् ।
ज्ञापन पत्रमा पाँच दशक अघि तिलाठीका छेदी रायले सो पुल निर्माण गरेका थिए जसकारण अहिले पनि सो पुललाई छेदी पुल नै भन्ने गरेको छ । तर, अहिले त्यो पुल पनि छैन ।
पुल नभएको कारण सप्तरीका सर्वसाधारणहरुलाई भारत आवत जावतमा समस्या हुदै आएको छ भने भारतीयहरुलाई समेत नेपाल आउनमा समस्या भई रहेको कारण पुल निर्माणको सम्बन्धमा पहलका लागि ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ ।