अशोक झा…
राजविराज, २३ भदौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट प्रहरीले बेबारिसे अवस्थामा रहेको हरियो मटर बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरीको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ८ कोशी नदी स्थित पलारको घासघारीमा लुकाएर राखिएको बेबारिसे अवस्थाको हरियो मटर नियन्त्रणमा लिएको छ ।
करिब ५५ हजार मूल्य बराबरको ८ सय २५ किलो (३३ बोरा) मटर बरामद गरी भन्सार कार्यालयमा राखि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।