अशोक झा
राजविराज, ०१ चैत्र । सप्तरीको तिलाठीमा संचालित नेपाल भारत मैत्री टी–२० प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा रुपनी राईडरले बरही विरपुरलाई ४ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको बरही विरपुरले १८ ओभरमा सम्पूर्ण गुमाउँदै कुल १ सय २३ बनाएको थियो । बरही विरपुरका लागि रोहित सिंह २६, कृष्णा २२ र गुणानन्दले २० रनको योगदान दिएको थियो ।
प्रतिउत्तरमा रुपनी राइडरले १८ ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनाई जित प्राप्त गरेको छ । रुपनीका लागि जय चौधरीले सर्वाधिक ४० रनको महत्वपूर्ण योगदान दिए वापत म्यान अफ दि म्याच समेत घोषित भएको युथ तिलाठीका सम्बोध झाले जानकारी दिएका छन् ।