अशोक झा
राजविराज, १ चैत्र । सप्तरीको तिलाठीमा संचालित टी–२० क्रिकेट प्रतियोगितामा सोमवार सम्पन्न खेलमा भण्टाबारी क्रिकेट टिमले भारतको मुधबनी डकही क्रिकेट टिमलाई पराजित गरेको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको भण्टाबारी क्रिकेट टिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षति कुल १ सय ७२ रनको योगफल तयार गरेको थियो । जसमा संतोष यादवले सर्वाधिक ५५ रनको योगदान दिएका थिए भने अंकित २२ र अलमिनले ४ रनका बनाएका थिए । डकहीका लागि प्रवेज, असलम, मुमताजले समान १÷१ विकेट लिएका थिए ।
१ सय ७२ रनको विजयी लक्ष्य सहित मैदानमा आएका डकही क्रिकेट टिमले शुरुमा विष्फोटक व्याटिङ्गको प्रदर्शन गरे पनि १७ ओभरमै सम्पूर्ण विकेट गुमाई मात्र १ सय ३१ रन बनाउन सकेको थियो । जसमा प्रवेज ३० रन, मिथिलेश १० र असलमले ८ रनको योगदान दिए भने भण्टाबारीका सावाज, संतोष र सकिलले समान १÷१ विकेट लिएका थिए ।
ओम कृषि सहकारी संस्था तथा तिलाठी कोइलाडी गाउँपालिकाको सहयोगमा तिलाठी युथद्वारा संचालित प्रतियोगिताको सोमबार सम्पन्न खेलामा भण्टाबारीका सन्तोष यादव म्यान अफ दि म्याच घोषित भएको तिलाठी युथका सम्बोध झाले जानकारी दिएका छन् ।