अशोक झा
राजविराज, २९ फाल्गुन । सप्तरीको तिलाठीमा आइतवारबाट शुरु भएको नेपाल भारत मैत्री टी–२० को उद्घाटन खेलमा राजविराज लायन्स क्लबले विजयी शुरुवात गरेको छ ।
लायन्स क्लब राजविराजले १ सय ५२ रनको फराकिलो अन्तरले भारतको कुनौली सुपौल क्रिकेट टिमलाई पराजित गरेको हो ।
टस जितेर ब्याटिङ्ग रोजेको लायन्स क्बल राजवरिाजले निर्धारित २० ओभरको खेलमा सम्पूर्ण विकेटको क्षतिमा कुल १ सय ९० रनको योगफल तयार गरेको थियो । राजविराजका लागि खेलाडी एकलव्यले सर्वाधिक ४५ रनको योगदान दिएका थिए ।
प्रतिउत्तरमा उत्रेका सुपौल क्रिकेट टिमले १२ ओभरमा सम्पूर्ण विकेट गुमाई ४८ रनमा सिमित भएका थिए । सुपौल त्रिकेट टिमलाई झिनो रनमा समेट्न राजविराजका बलर अभिशेक कार्कीले महत्वपूर्ण योगदान दिए । उनले ५ विकेट हात पारेका थिए ।
ओम शान्ति एग्रिकल्चर कोपरेटिम लि. युथ तिलाठीद्वारा संचालित प्रतियोगिताको उद्घाटन खेलका म्यान अफ दी म्याद विजयी टिमका अभिषेक कार्की घोषित भएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित पाठशाला मैदानमा प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष सतिष सिंहले गरेका थिए ।