अशोक झा
राजविराज, २९ फाल्गुन । सप्तरीमा आइतवार एकजना महिला सहित तीन जना कोरोना संक्रमण मुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जारी गरेको तथ्याङ्क अनुसार राजविराज नगरपालिकाका एकजना महिला, अग्निसाइर कृष्णासबरन गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १÷१ जना पुरुष कोरानो मुक्त भएका हुन् ।