अशोक झा
राजविराज, २७ फागुन । वर्तमान समयमा महिलाबाटै महिला पीडित रहेको मधेश प्रदेशका सामाजिक विकास मन्त्री नबल किशोर साह रामबाबुले बताएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित महाबीर माध्यमिक विद्यालयमा शुक्रवार आयोजित नगर स्तरीय सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सो विद्यालयका प्रधानाध्यापक छत्र नारायण दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री साहले वर्तमान समयमा हामीले महिला हिंसा तथा महिला अधिकारको कुरा गछौं, हुन त्यो जायज पनि हो, महिलाले अधिकार पाउनै पर्छ, महिला हिंसामा कमि आउनै पर्छ । तर, महिला हिंसामा पुरुष भन्दा महिला नै बढी दोषी रहेको तथ्यांकहरु रहेको बताए । आफ्नो छोरीलाई सुखी सम्पन्न देख्ने सपना सबै आमा बुवाले गर्ने गरेका छन् तर, आफ्नै घरमा आएका अरुको छोरी जसलाई हामीले बुहारी भन्ने गछौं, त्यस्ता बुहारी नभई घरको नौकरको रुपमा हेर्ने सोच रहेको छ । जबसम्म बुहारीलाई नौकरको रुपमा हेर्ने सोचमा परिवर्तन आउदैन तबसम्म महिला हिंसामा कमि नआउने दाबी समेत उनले गरे ।
एउटा अलग प्रसंगमा नजिकिदै गएको चुनावहरुमा आफ्नो मतलाई बर्बाद नगर्न समेत मन्त्री साहले सर्वसाधारणलाई सम्बोधन मार्फत आग्रह समेत गरे । एक मतको महत्व बुझाउदै मन्त्री साहले आगामी चुनावमा जनताको हितमा काम गर्ने, जन भावना बुझ्ने र समाजको विकास गर्ने व्यक्तिलाई मात्र मत दिन आग्रह समेत उलने गरे ।
सम्पन्न नगर स्तरीय सांस्कृतिक कार्यक्रममा महाबीर माध्यमिक विद्यालय प्रथम स्थान हासिल गरेका छन् भने आधारभुत विद्यालय इनर्बा दोस्रो , माध्यमकि विद्यालयय रम्पुरा तेस्रो र लिठा आधारभुत विद्यालय हनुमाननगर चौथो तथा सान्तव्ना पुरस्कार प्राप्त गरेका छन् ।
विजयी प्रयोगीहरुलाई प्रमुख अतिथी मन्त्री साह, हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षा संयोजक दिनेश कुमार यादव, जनता समाजवादी पार्टीका नेता शम्भु यादव, प्राध्यापक सुमन ठाकुर सहितकाले पुरस्कार प्रदान गरेका थिए ।
अशोक झा सन्तोष, कमल मण्डल र अजित कुमार झाले निर्णायक मण्डल रहेको सो कार्यक्रममा नगरका ९ वटा विद्यालय सहभागी भएका थिए ।