अशोक झा
मधवापुर २६ फागुन । मधेशको मुख्य समस्या नै बेरोजगारी रहेको मधेश प्रदेशका सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले बताएका छन् र
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ स्थित विद्यालय भवनको उद्घाटन तथा साइकल, ट्राई साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विद्यालयका प्रधानाध्यापक गणेशी यादवको अध्यक्षतातामा भएको कायक्रमलाई प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री साहले मधेश प्रदेशमा देखिएको बेरोजगारीबाट आफु चिन्तित रहेको र अगामी दिनमा बेरोजगारी समस्या समाधान गर्न आफु हर सम्भव प्रयास गर्ने बताए ।
मधेश प्रदेशमा एम.एम., बि.ए गरेको अनेकौं युवाहरु विदेश पलायन भई रहेको देख्दा आफु चिन्ता परेको भन्दै अगामी दिनमा सप्तरी जिल्ला सहित प्रदेशको अन्य जिल्लामा रोजगारीको अवसर प्रदान गर्न आफु सदैव चिन्तन र मन्थनमा रहेको बताए ।
कार्यक्रममा नगर उप प्रमुख सरिता सिपलिया यादव, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख विजय कुमार मण्डल, शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षा संयोजक दिनेश कुमार यादव, वडा नं. ४ का वडाअध्यक्ष नागेश्वर मण्डल, जनता समाजवादी पार्टीका नेता देबेन्द्र झा, सहित स्थानीय भद्रभलादमीको उपस्थिति थियो ।
सोही कार्यक्रम मार्फत मन्त्री साहले “बेटी बचाउ, बेटी पढाउ” कार्यक्रम तहत छात्राहरुलाई साइकल वितरण गरेका छन भने अपाङ्गता भएका व्यक्तिहरुलाई ट्राई साइकल प्रदान गरेका छन् ।