अशोक झा
राजविराज, २६ फाल्गुन । घर–घरमा सडक, बत्ती र खानेपानी सुविधाको व्यवस्था गराउनु आफ्नो लक्ष्य रहेको मधेश प्रदेशका सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले बताएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाँको विसनपुर टोलमा बिहीवार सामुदायिक भवनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
वडा नं. १४ का वडा अध्यक्ष सत्य नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट मन्त्री साहले भने– “कुनै पनि व्यक्ति आफ्नो आमाको कोखबाट मन्त्री बनेर आउदैन, जन्म दिने आमा बुवालाई सेवा सत्कार गर्नु मानवीय धर्म हो भने जनताको मत लिएर मन्त्री बनेका व्यक्तिहरुले समेत जनसेवक भएर जनताको सेवा गरे मात्र मन्त्री पदको वास्तविक महत्व ठहर्छ ।”
कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता सिपलिया यादव, जनता समाजवादी पार्टीका प्रदेश सदस्य सुरजित सिंह गुड्डु, पत्रकार मनोज माझी, अशोक झा, चन्दन यादव सहित भद्रभलादमीको भव्य उपस्थिति थियो ।