अशोक झा
राजविराज, २५ फाल्गुन । सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं. २ को कार्यालयको बुधवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
राजविराज नगरपालिका वडा नं. २ स्थित बस पार्कको छेउमा नव निर्मित भवनको एक कार्यक्रमबीच नगर प्रमुख शम्भु प्रसाद यादवले उदघाटन गरेका हुन् ।
वडा अध्यक्ष अरुण कुमार यादवको अध्यक्षता तथा नगर प्रमुख यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मार्फत ५३ लाख नगरपालिकाको सहयोग र ६ लाख जनश्रमदानको सहयोगमा निर्माण गरिएको सो भवन उदघाटन कार्यक्रममा वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिष सिंह, ज्येष्ठ नागरिक राम देव यादव, वडा नं. ३ का अध्यक्ष सुदर्शन प्रसाद सिंह, वडा नं. ४ का अख्तर अलि बाबा, वडा नं. ६ का प्रेम यादव, वडा नं. ५ जन नारायण मण्डल, वडा नं. ११ का अध्यक्ष संजय यादव सहितकाहरुले आ–आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।