अशाेक झा
राजविराज २४ फागुन । सप्तरी सदरमुकाम राजविराजमै यातायात व्यवस्थापन कार्यालय संचालन हुने भएकाे छ ।
मधेश प्रदेश सरकारका मन्त्री परिषदले मंगलवार निर्णय गर्दै राजविराजमा यातायात व्यवस्थापन सेवा कार्यालय सुचारू हुने जनाएकाे छ ।
यस अघि सप्तरीका जनता तथा सवारी धनी यातायात व्यवस्थापन सम्बन्धि काकाजका लागि सिरहा जिल्लाकाे लहान धाउन बाध्य थिए । सप्तरीबासिकाे समस्यालाई ध्यानमा राख्दै यस्ताे निर्णय गरेकाे मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
यातायात व्यवस्थापन सेवा कार्यालय सप्तरीमा संचालनका लागि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय भिमराज यादव र अशाेक कुमार यादव विगतका दिनमा अथक प्रयास गरेकै कारण यातायात व्यवस्थापन कार्यालय राजविराजमा आएकाे यातायात व्यवसायीहरू बताउँछन् ।