अशोक झा
राजविराज, २४ फाल्गुन । ११२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लोकतान्त्रिक महिला संघ सप्तरीले विभिन्न क्षेत्रमा सक्रिय रहेकी महिलाहरुलाई सम्मान गरेको छ ।
लोसपाका नेतृ तथा सांसद पुनम यादवको अध्यक्षता तथा सांसद दुलारी देवी खंगको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मार्फत नेपाल पत्रकार महासंघक केन्द्रीय सदस्य ललिता साह, पत्रकारहरु रश्मि झा, माला कर्ण, करुणा झा, प्रिया सिंह थारु, सुधा देव, पिंकी कुमारी, रक्षा चौधरी, पुनम पोखरेल र मञ्जु यादवलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सांसद चन्द्र कान्त चौधरी, जिल्ला सवन्वय समितिका प्रमुख प्रभाकर यादब, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषा मण्डल, शैलेश चौधरी, गजेन्द्र मंडल, लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, जिल्ला सवन्वय समितिका सदस्यहरू लक्ष्मी रजक, गिता खंग, रिना झा र ललन झा सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।