अशोक झा
लहान, २३ फाल्गुन । समाचार संकलनमा अवरोध गरे पश्चात सिरहाका पत्रकारहरुले सोमवार धर्नामा बसेका थिए ।
नेपाली काँग्रेसको सिरहाको नव नेतृत्वको लागि भई रहेको निर्वाचनको सम्बन्धमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले अवरोध गरे पश्चात पत्रकारहरु धर्नामा बसेका थिए ।
अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेकोले पत्रकारलाई विद्यालयको परिसर वाहिरैवाट समाचार संकलन गर्न आग्रह गरेका थिए । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्र कुमार कामतिको नेतृत्वमा विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरू घर्नामा बसेका थिए।