अशोक झा
राजविराज, २३ फाल्गुन । सप्तरीमा सोमवार एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको आरटी÷पीसीआर परीक्षणबाट एकजनामा कोरोना संक्रमण भेटिएको हो ।
स्वास्थ्य कार्यालय सप्तरीले जारी गरेको तथ्याङ्क अनुसार राजविराज नगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको छ ।
यसैबीच देशमा सोमवार थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार १ सय ४५ पीसीआर परीक्षणमा ६६ जना र दुई हजार ४ सय ९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ सय ७६ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० रहेको छ ।