अशोक झा
राजविराज, २२ फाल्गुन । मुस्लिम महिलाहरुको हक र अधिकार सम्बन्धमा आइतवार पनि राजविराजमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
राष्ट्रव्यापी महिला अधिकार अभियान सप्ताह अन्तर्गत “नारीको हक अधिकार अभियान” विषयक अन्तरक्रिया कार्यक्रम आइतवार राजविराज नगरपालिको वडा नं. ९ स्थित मलेठ र विहारपुरमा सम्पन्न भएको हो ।
इस्लामी संघ नेपालको आयोजनामा भई रहेको अभियान सप्ताह अन्तर्गतको आइतवारको कार्यक्रममा करिब १ सय जना मुस्लिम महिलाहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।
समाजमा रहेको रुढीवादी परम्परा, रुढीवादी सोच, एकल महिलालाई पुनः विवाहको लागि प्रोत्साहन, उच्च शिक्षामा महिलाको उत्सुक्ता लगायतको विषयको सहभागी महिलाहरुलाई जनचेतना दिइएको आयोजकले जनाएको छ ।