अशोक झा
राजविराज, २२ फाल्गुन । नेपाली काँग्रेस सप्तरीको नव नेतृत्वको लागि स्थगित रहेको मतदान मंगलवार हुने भएको छ ।
निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको संस्थापन पक्षका शत्रुधन प्रसाद यादव र रामदेव साह, निर्वाचन समिति तथा पार्टीका केन्द्रिय सदस्य दिनेश यादव र सांसद तेजुलाल चौधरीको उपस्थितिमा आइतवार भएको सहमति अनुसार मंगलवार मतदान पुनः हुने बताएका छन् ।
मंगलवारको मतदान राजविराज नगरपालिका वडा नं. ५ स्थित पविमाविमा हुने पार्टीले जनाएको छ ।
यस अघि शनिवार रुपनी गाउँपालिका स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा भएको चुनावमा होहल्ला तथा मतपत्र च्यातिए पश्चात मतदान स्थगित गरिएको थियो ।