अशोक झा
फागुन २१, राजविराज । नेपाली कांग्रेस सप्तरीको नव नेतृत्व चयनका लागि शनिबार मतदान जारी छ ।
जिल्लाको रुपनी गाउँपालिका स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ९ बजेदेखि शुरु भएको मतदान यो समाचार तयार पारुञ्जेलसम्म जारी रहेको छ ।
निर्वाचन समितिका अनुसार साँझ ४ बजे सम्ममा करिब ५० प्रतिशत मत खसेको छ भने कुल २ हजार ५३५ मतदाता छन् । मतदानको नतिजा सोमवारसम्म सार्वजनिक हुने बताइएको छ ।
कांग्रेस सप्तरीको सभापति पदका लागि संस्थापन र इतर पक्ष गरी जनाले दुई प्यानलसहित उम्मेदवारी दिएका छन् । संस्थापन प्यानलबाट सत्रुधनप्रसाद यादव र इतर प्यानलबाट रामदेव साहले उम्मेदवारी दिएका हुन् । यादव प्यानलबाट उपसभापतिहरुमा रामप्रसाद मण्डल र फत्ते महम्मद, सचिवहरुमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल, सहसचिवहरुमा घनश्याम साह ‘घन्सी’ र मनोज खड्गाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, साह प्यानलबाट उपसभापतिहरुमा रामकुमार यादव र ध्रुब नारायण चौधरी, सचिवहरुमा नन्दकिशोर यादव र दुर्गानन्द यादव, सहचिवहरुमा मो.मुस्लिम र रामसुन्दर मण्डलले उम्मेदवारी दिएका हुन् ।
यस अघि शुक्रवार नै हुने भनिएको निर्वाचन दुवै पक्षको सहमति पश्चात शनिवारको लागि सारिएको थियो ।
निर्वाचन समितिका अनुसार आदिवासी जनजाति तर्फ जिल्ला सदस्यमा घनश्याम चौधरी, दिपेन्द्र कुमार मण्डल, निर्मल सिंह दनुवार, राम अवतार मण्डल, लाल बहादुर तामाङ, आदिवासी जनजातिमै महिला तर्फ भगवती कुमारी मण्डल, राम कुमार चौधरी, मधेसी तर्फ ६ सदस्यका लागि कामेश्वर साह, कृपान्द साह, गौरी यादव, नन्द कुमार लगरवार, बलराम मण्डल, बद्री प्रसाद साह, विजय कुमार सिंह, विजय कुमरा यादव, विनेश्वर प्रसाद साह, विरेन्द्र कुमार तिवारी, विश्वेश्वर साह तेली, श्याम सुन्दर झा, मिथलेश्वर प्रसाद साह, सुर्य नारायण प्रसाद यादव, योगेन्द्र प्रसाद देवले उम्मेदवारी दर्ता गराएका छन् ।
मधेसी महिला सदस्यमा ६ जना महिलाका लागि आशादेवी मण्डल, बबिता कुमारी यादव, काजल कुमारी, देवकी देवी साह, पबित्र देवी मण्डल, भिमा देवी यादव, रिता देवी दास, रेणु देवी गुप्ता, लिला यादव, सुनिता कुमारी खत्वे मण्डल, सुमित्रा देवी साह, मुस्लिम तर्फ दुई सदस्यका लागि अताउल्ल मियाँ, कुदरत अलि, नुरहुआ मियाँ, मो. घुरन मियाँ, मुस्लिम सदस्य एक पदका लागि सकिरा खातुन, सलमा खातुनको उम्मेवारी परेको छ ।
त्यस्तै दलित महिलामा असियाबति देवी, मंजु देवी राम, लक्ष्मी देवी साफी, लिलादेवी मण्डल, रित कुमारी सास्त्री, सकुन सदा, समित्रा देवी रामको उम्मेदवारी परेको छ भने थारु जिल्लादस्यमा दुई पदको लागि चार जनाको र थारु महिला सदस्यमा १ पदका लागि तीन जनाको तथा अपाङ्गता अल्पसख्यक भएको व्यक्तिको १ पदको लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै राजविराज नगरपालिकामा पुरुष सदस्य (भुगोल)पदमा उमेश प्रसाद यादव, रमण कुमार देव, सबिर आजम रहेका छन् भने महिला (भुगोल)मा किरण कुमारी यादव, दुखा चौधरी, साधना कर्णको उम्मेदवारी परेको छ । भने बोदेबर्साइन नगरपालिकाका लागि पुरुष खुला तर्फ ओम प्रकाश साह, इन्द्र देव ठाकुर, रमानन्द चौधरी, राम बल्लव साहको उम्मेदवारी परेको छ भने महिला तर्फ मुसुम माया देवी वि.क., जानकी देवी यादवको उम्मेदवारी परेको बताइएको छ ।
त्यस्तै कंचनरुप नगरपालिकामा पुरुष सदस्यमा बोध राजपोखरेल, सेख मुस्ताफ, हरिलाल साहा, वैद्यनाथ प्रसाद साह, तथा महिला सदस्यमा मुना कुमारी पोखरे, निुश काफ्लेको उम्मेदवारी परेको छ भने विष्णुपुर गाउँपालिकाको लागि पुरुष सदस्यमा दिनेश दास, ज्ञानेन्द्र प्रसाद यादव, महिला सदस्यमा निरमला कुमारी यादव, संजु कुमारी यादव तथा तिलाठी कोइलाडी गाउँपालिकामा पुरुष सदस्यमा नरेन्द्र कुमार सिंह, राधेश्याम यादव महिला सदस्यमा सक्कली देवी मण्डल, भगवती मण्डलको उम्मेदवारी परेको छ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकामा पुरुष सदस्यमा प्रमोद कुमार विराजी, पुश्कर प्रसाद दास, राम नारायण मण्डल, राम लखन मण्डल र महिला सदस्यमा राम परी देवी, शान्ति कुमारी क्षेत्रीको उम्मेदवारी परेको छ भने डाक्नेश्वरी नगरपालिकाको पुरुष सदस्यमा विलट प्रसाद चौधरी, राजदेव ायदव, राजिव कुमार राय र महिला सदस्यमा राम कुमारी पण्डित, रुवी कुमारी यादव, सबनम खातुनको उम्मेदवारी परेको छ ।
त्यस्तै सुरुङ्गा नगरपालिकामा पुरुष सदस्यमा जनक देव साह (रौनियार), निरन्जन कुमार चौधरी, मो. उल्लफल, रवेन्द्र कुमार यादव र महिला सदस्यमा कुसुम चौधरी, सुष्मा कुमारी चौधरीको उम्मेदवारी परेको छ भने सप्तकोशी नगरपालिकामा पुरुष सदस्यमा रमेश कुमार कार्की, शिव प्रसाद यादव र महिला सदस्यमा द्रोपति देवी चौधरीको उम्मेदवारी परेको छ भने खडक नगरपालिकामा पुरुष सदस्यमा तर्फजुल मियाँ, नारायण प्रसाद साह, भगवान चौधरी, श्रवण कुमार चौधरी र महिला सदस्यमा ज्योति भगत, लक्ष्मी कुमारी चौधरीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै शम्भुनाथ नगरपालिकाका लागि पुरुष सदस्यका लाग भोला प्रसाद साह, मित्र बहादुर राई, शम्भु प्रसाद चौधरी, सबुर लाल साह र महिला सदस्यमा पिरतम कुमारी चौधरी, ललिता कुमारी चौधरीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।