अशोक झा…
राजविराज, २१ भदौं । सप्तरी जिल्ला अदालतका एकजना न्यायाधीश सहित आइतबार जिल्लामा थप १८ जनामा कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवका अनुसार थपिएका संक्रमितहरुमा सप्तरी अदालतका चार, विद्युत प्राधिकरण राजविराजका तीन, एक प्रहरी, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच÷पाँच जना रहेको छ । अदालतका ५२, २५, ३४ वर्ष र उमेर नखुलेका एक पुरुषमा कोरोना संक्रमण भेटिएकोे छ ।
त्यस्तै राजविराज स्थित विद्युत प्राधिकरणका उमेर नखुलेका तीन पुरुष रहेको छन भने एक जना ३३ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले जानकारी दिए ।
त्यस्तै राजविराज नगरपालिका वार्ड नम्बर ४ का ७० वर्षीय पुरुष, वार्ड नम्बर नखुलेको १ महिला, वार्ड नम्बर ७ का २७ वर्षीय पुरुष, वार्ड नम्बर २ का २२ वर्षीय पुरुष र १४ वर्षीया महिलामा संक्रमण भेटिएको उहाले बताइन ।
उनीहरुको स्वाब परीक्षण गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको कोभिड प्रयोगशालामा गरिएको र संक्रमितहरुलाई आइसोलेशनमा ल्याउन तयारी भई रहेको यादवले जानकारी दिए ।
यसैबीच पछिल्लो २४ घण्टामा देशमा ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा २ सय ९० महिला र ६ सय ९० पुरुष गरेर ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय १४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ। यो कुल संक्रमितको ६३ प्रतिशत हो। नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। पछिलो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।अहिले संस्थागत आइसोलेसनमा ६ हजार २ सय १ रहेका छन्।