अशोक झा
राजविराजं २० फागुन । सप्तरीको रुपनी गाउँपालिकामा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
रुपनी गाउँपालिका वडा नं. १ स्थित पण्डित राम कुमार शास्त्रीको गौशालामा आगलागी हुँदा १५ देखि १७ लाख बराबरको क्षति भएको गौशालाका संचालक शास्त्रीले मधेश न्यूजलाई जानकारी दिए ।
शास्त्रीका अनुसार एउटा घर (मडबा) पूर्ण रुपमा क्षति भएको छ भने मडबामा भित्र रहेको कम्प्यूटर, प्लापटप, प्रिन्टिर, पंख्या, पानी तान्ने विद्युतीय मोटर समेत नष्ट भएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको भन्दै पण्डित शास्त्रीले भने आगलागीको बेला आश्रममा एक जना मात्र थिए । राजविराज नगरपालिकाका बारुणयन्त्र, स्थानीयबासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।