अशोक झा
राजविराजं २० फागुन । मोरङको बेलबारीबाट लागूऔषध गाँजासहित प्रहरीलेृ ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको टोलीले धनकुटाको आखिसल्ला वडा नं. १ घर भई हाल सुनसरीको धरान वडा नं. १६ बस्ने ३३ बर्षीय केशरमान राई र धनकुटाको महाभारत वडा नं. ५ घर भई हाल सुनसरीको धरान वडा नं. ११ बस्ने २८ बर्षीय मनोज राई र बेलबारी वडा नं. ९ का ३० बर्षीय अविनास खवासलाई लागु औषध सहित पक्राउ गरेको हो ।
प्रहरी टोलीले बेलबारी नगरपालिका वडा नं. ४ स्थित पुर्वतर्फ जाँदै गरेको को २ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको ४ किलो गाँजा फेला पारेका थिए । अटो चालक केशरमान र अटोमा सवार मनोजलाई लिएको थियो । यस्तै, बेलबारी वडा नं. ९ का ३० बर्षीय अविनास खवासलाई पनि २ सय ग्राम गाँजासहित घरबाटै पक्राउ गरेको हो ।
गाँजासहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।