अशोक झा
राजविराज, २९ कार्तिक । जनता समाजवादी पार्टीले सप्तरीको बोदे बर्साईन नगरपालिकामा सोमबार नगर समिति समायोजन गरेको छ ।
तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएपछि नगर समिति समायोजन गरिएको हो ।
जसपा नेपालका नेता केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यतामा तथा नगर अध्यक्ष अरुण यादवको अध्यक्षतामा भएको जसपा भेला कार्यक्रमबाट जसपा बोदे बर्साईन नगर समिति अध्यक्षमा अरुण कुमार यादवको अध्यक्षतामा सात सदस्यीय नव समिति गठन गरिएको छ ।
गठित समितिको उपाध्यक्षमा राज कुमार यादव (बिरेन्द्र), राम प्रसाद चौधरी र मो. अनवारुल, सचिबमा चलित्र प्रसाद यादव, स– सचिबमा रमेश कुमार यादव र कोषाध्यक्षमा रेणु कुमारी साहलाई चयन गरिएको छ ।
कार्यक्रममा जसपा नेपालको केन्द्रीय सदस्य अनिरुद्ध कुमार सिंह यादव, जसपाका प्रदेश सदस्य दिनेश कुमार यादव, बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह, विजय कुमार यादव, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य श्रीप्रसाद भगत सहितका व्यक्तिहरुको उपस्थिति थियो ।
बैठकले वडा समिति समायोजनको लागि मंसिर २ गते देखि वडा नं. २ बाट सुरु गरि अन्तिममा ११ गते वडा नं. १ मा सम्पन्न गर्ने निर्णय गरिएको बताइएको छ ।