अशोक झा
राजविराज, ०७ कार्तिक । नेपाल शिक्षक महासंघका केन्द्रिय महासचिव लक्ष्मी किशोर सुवेदीले देशमा अहिले शिक्षक नै राज्यपक्षबाट उपेक्षित भई रहेको बताएका छन् ।
महासंघ सप्तरीले आइतवार राजविराज स्थित केअमावीको प्राङ्गणमा आयोजित “शुभकामना, स्वागत तथा अन्तरक्रिया” कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
महासंघका सप्तरी अध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सुवेदीले देशभरिका शिक्षिक, शिक्षिका तथा बाल विकासका शिक्षक र कर्मचारीको समस्या समाधान प्रति गम्भिरता पूर्वक लागेको र छिटै नै समस्या समाधानका लागि सम्बन्धित पक्षसँग वार्ता हुने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा नेपाल नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश कुमार यादवले शिक्षक तथा कर्मचारीले सामान्य छलफल पश्चात नै समस्या समाधान हुने ठाउँमा राजनीतिकबाट प्रेरित केही शिक्षक र कर्मचारीले यस्तो अवस्था सृजना गरेको बताउँदै यस्तो सानो समस्या समाधानको लागि आन्दोलनको कुनै आवश्यक्ता नरहेको बताए ।
राजनीतिक दलका स्थानीयदेखि केन्द्र स्तरका नेताहरुको परबाह बिना राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादवले साहसीक निर्णय लिएको स्मरण गराउदै नगर प्रमुख यादवसँग कुनै समन्वय तथा छलफल बिना आन्दोलनको कुनै औचित्य नरहेको बताए । त्यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेस साहले आफ्नो पालिकामा सबै शिक्षकहरुको समस्यालाई मध्यनजर गर्दै पहिले नै समस्या समाधान गरेको प्रति धन्यवाद प्रकट गर्दै अगामी दिनमा पनि आन्दोलन भन्दा पहिले विद्यार्थी तथा बालबालिकाको भविष्यलाई ध्यानमा राखि कुनै निर्णय गर्न सम्बन्धित पक्षसँग आग्रह गरे ।
सोही कार्यक्रममा महासंघ सप्तरीका अध्यक्ष यादवले शिक्षक, शिक्षिका तथा बाल शिक्षक र कर्मचारीहरुको समस्यावारे प्रकाश पार्दैं आफुले शिक्षण पेशामा लागेको हरेक कर्मचारीको दीर्घकालिन भलाईको लागि महासंघ मार्फतको बाटो भएर काम गर्ने पक्षमा लागेको बताए.
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य गंगाराम तिवारी, केअमाविका प्रधानाध्यापक योेगेन्द्र प्रसाद यादव, महासंघका केन्द्रिय सदस्य सुभाष साह, राष्ट्रिय शिक्षक मंच चुनचुन यादव सहितका व्यक्तिहरुको उपस्थिति थियो ।