अशोक झा
राजविराज, ०१ कार्तिक । जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा राष्ट्रिय सभा सांसद मृगेन्द्र कुमार सिंह यादवले शोषित पीडितको अधिकार जसपाले मात्रै दिलाउन सक्ने बताए ।
जनता समाजवादी पार्टीले सप्तरीको डाक्नेश्वरीमा सोमवार आयोजित “शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश” कार्यक्रममा उनले प्रमुख अतिथीको आसनबाट यस्तो बताएका हुन्
डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साहको अध्यक्षतामा सोही नगरपालिकाको वडा नं. ९ मा आयोजित कार्यक्रममा विशिष्ट अतिथी प्रदेश सांसद विन्देश्वर प्रसाद यादव “बिक्की”, सहितका दर्जनौं नेता कार्यकर्ताहरुले आ–आफ्ना शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन राजेश्वर प्रसाद रायले गरेका थिए ।
सोही कार्यक्रम मार्फत नेपाली काँग्रेस, नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी पार्टी परित्याग गरी आएका ५१ जना नेता तथा कार्यकर्ताहरुलाई प्रमुुख अतिथी यादवले स्वागत गरेका थिए ।