अशोक झा
राजविराज, १९ असोज । सप्तरीको छिन्नमस्तामा बडही समाजको स्वजाति भेला तथा परिचयात्मक कार्यक्रम मंगलवार सम्पन्न गरेको छ ।
छिन्नमस्ता गाउँपालिका वडा नं. ३ का बडही समाजले आयोजना गरेको कार्यक्रमको अध्यक्षता बयोबृद्ध विन्देश्वर प्रसाद शर्माले गरेका थिए भने बडही समाजका केन्द्रिय उपाध्यक्ष गणेश कुमार शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
आयोजित भेलामा प्रमुख अतिथी शर्माले देशमा अहिले जनगणनामा खटिएको कर्मचारीलाई आफ्नो नाम, थरको संगै जाति लेखाउन नबिर्सनु हुन स्वजातियलाई अनुरोध गरे । २०६८को जनगणनाको तथ्याङ्क अनुसार देशमा २८ हजार मात्रै बडही समुदायको बसोबास रहेको भनिए पनि देशभरिमा कम्तिमा ६ लाखसम्म बडही जातिको संख्या रहेको उनले दाबी समेत गरे ।
कार्यक्रममा छिन्नमस्ता गाउँपालिका लगायत राजगढ गाउँपालिका सहितका बडही स्वजातिहरुको उपस्थिति रहेको थियो । https://youtu.be/2MUVeelJiA8 भिडियो हेर्नु होस। https://youtu.be/2MUVeelJiA8