अशोक झा
राजविराज, ०६ असोज । सप्तरीको भेडियामा बुधवार एक कार्यक्रमबीच प्रहरी कार्यालयको उदघाटन गरिएको छ ।
प्रदेश नं. २ का आन्तरिक तथा कानुन मन्त्रालयबाट बिनियोजित बजेटबाट ललितपुरका बालकुमारी स्थित रहेको निर्माण ब्यवसायी तुल्सीभक्त कन्ट्रक्सन प्रा.लि. निर्माण सम्पन्न भवनको उद्घाटन गरिएको हो ।
आन्तरिक मामिला तथा संचार मन्त्री माननिय भरत प्रसाद साह, २ नं. प्रदेश आन्तरिक मामिला तथा राज्य मन्त्री रुवी कर्ण, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, २ न. प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालयय प्रमुख प्र.ब.उ. मसउद आलम खाँ, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सुरुगा नगरपालिका नगर प्रमुख मुक्तीनाथ चौधरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला समेतको उपस्थिती रहेको थियो ।