अशोक झा
राजविराज, ०३ असोज । सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले आइतवार पनि छात्राहरुलाई साइकल तथा अपाङ्गता भएकाहरुलाई ट्राई साइकल वितरण गरेको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा स्थित कक्षा ८मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेका छन् भने अपाङ्गताका कारण जीवनयापन गर्नमा समस्या भोग्दै आएकाहरुलाई ट्राई साइकल वितरण गरेका हुन् ।
वडाअध्यक्ष सत्यनारायण यादवको अध्यक्षता तथा मन्त्री साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मार्फत विद्यालयका १९ जना छात्रालाई साइकल वितरण गरिएका छ भने ४ जना अपाङ्गता भएकाहरुलाई ट्राईसाइकल वितरण गरिएको छ ।
कार्यक्रममा जसपाका युवा नेता सुर्य नारायण यादव, वडासदस्यद्वय जगरनाथ साह, परमेश्वर यादव, जसपाका नेता जगदीश मण्डल र राजेन्द्र सढोक सहित गाउँका भद्रभलादमीको उपस्थित रहेको वडाअध्यक्ष यादवले बताए ।