अशोक झा
राजविराज, २८ भदौं । सप्तरीका १६ स्थानीय तहले लापर्बाही गर्दै प्रक्रिया नै नपु¥याई औषधि खरीद गरेको तथ्य फेला परेको छ ।
आर्थिक बर्ष २०७६÷७७ मा जिल्लाका पालिकाहरुले मापदण्ड नै नपु¥याई औषधि खरीद गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार पालिकाहरुले खरीद गरेको औषधि कुन कम्पनीबाट खरीद भएको हो त्यसबारेमा पनि उल्लेख गरिएको छैन् ।
आपूर्ति हुने औषधि डब्लूएचओ सटिफाइड हुनुपर्ने औषधिको उत्पादन, मिति, व्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित बिषय विज्ञबाट मुचुल्का उठाई राख्नुपर्नेमा त्यस्तो केहि पनि राखेको पाइएको छैन् । खरीद गरिएको औषधि बिक्रीको लागि होइन भनी खुलाएको पनि नपाइएको प्रतिवेदनमा भनिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले ६९ लाख ९८ हजार १ सय १ रुपैयाँ को खरीद गरेको छ भने हनुमाननगर कंकालिनी नगरपालिकाले रु.३९ लाख ८९ हजार २ सय ५६ को औषधि किन्दा सप्तकोशी नगरपालिकाले रु ३९ लाख ८९ हजार २ सय ४९ को खरीद गरेको छ ।
त्यस्तै डाक्नेश्वरी नगरपालिकाले रु. १४ लाख ८५ हजार ७ सय १८ को सोझै र नगरपालिकामा सूचना प्रकाशन गरी रु १९ लाख ९० हजारको औषधि खरीद गरेको छ ।
यस्तै, राजविराज नगरपालिकाले फरक–फरक मितिमा रु.२४ लाख १३ हजार ८ सय १३ , खडक नगरपालिकाले रु.३५ लाख ३७ हजार ७ सय ७१, महादेवा गाउँपालिकाले रु. २९ लाख ९८ हजार ७ सय ८८, राजगढ गाउँपालिकाले रु. २८ लाख ९६ हजार १ सय १०, रुपनी गाउँपालिकाले रु. २१ लख ६३ हजार ६ सय ५२ को औषधि खरीद गरेको छ ।
यस्तै तिरहुत गाउँपालिकाले रु.२१ लाख ८० हजार २ सय ८३, बलान बिहुल गाउँपालिकाले रु. १९ लाख ९७ हजार २ सय ४०, बोदे बर्साइन नगरपालिकाले रु. १९ लाख ९९ हजार ४ सय ४०, शम्भुनाथ नगरपालिकाले रु. १९ लाख ५० हजार ३ सय ९०, सुरुङा नगरपालिकाले रु. १४ लाख ९५ हजार ४ सय ७, छिन्नमस्ता गाउँपालिकाले रु. १४ लाख ४८ हजार ७ सय १८ र तिलाठी–कोइलाडी गाउँपालिकाले रु.१६ लाख १५ हजार ३ सय ८० को औषधि खरीद गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।