अशोक झा
राजविराज, २८ भदौं । सुरक्षा व्यवस्था तथा मदिरा नियन्त्रणको सम्बन्धमा नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जनकपुरधाममा सोमवार सम्पन्न भएको छ ।
बिहारमा सेप्टेम्बर २९ तारेखदेखि हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई लक्षित गरी संयुक्त बैठक आयोजना गरिएको बैठकमा सहभागी सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार बैठकले नेपालको तर्फबाट मदिरा र भारतको तर्फबाट लागूऔषध नियन्त्रण गर्नुपर्ने बिषयमा छलफल भएको छ ।
बिहारमा हुने चुनावको ४८ घण्टाअघिदेखि दुबै देशको सीमा सिल गर्ने निर्णय पनि भएको गौतमले बताए । चुनावमा मदिराले अवाञ्छित गतिविधी गर्न सक्ने भएकाले त्यसको निर्णय गर्न भारतीय पक्षका अधिकारीले आग्रह गर्नुभयो’ गौतमले भने, ‘हामीले लागूऔषधले यता धेरै नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रण गर्न आग्रह ग¥यौं । दुबै पक्ष यसलाई नियन्त्रण गर्ने बिषयमा सहमत भएका छौं ।’
बैठकमा सप्तरीसहित सिरहा, धनुषा र महोत्तरीका सुरक्षा अधिकारी तथा भारतको दरभंगा र मधुवनीका सुरक्षा अधिकारीको सहभागिता थियो ।