अशोक झा
राजविराज, २० जेठ । सप्तरीमा बिहीवार ४१ जना नयाँ कोरोना संक्रमित थपिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको आरटी/पीसीआर माध्यमबाट ८ महिला सहित २६ जना र एन्टिजेन परीक्षणबाट ४ महिला सहित ११ जना गरी जम्मा ४१ जनामा संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले दिएको जानकारी अनुसार राजविराज नगरपालिकामा ७ जना, कंचनरुप नगरपालिकामा ४ जना, डाक्नेश्वरी नगरपालिकामा १ जना, खडक नगरपालिकामा १ जना, सुरुङ्गा नगरपालिकामा १ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा १ जना, छिन्नमस्ता गाउँपालिकामा १ जना, सप्तकोशी नगरपालिाकामा ११ जनामा संक्रमणको पुष्टि भएको छ ।
त्यसैगरी रुपनी गाउँपालिकामा १ जना, विष्णुपुर गाउँपालिकामा ३ जना र बलान बिहुल गाउँपालिकामा १० जनामा संक्रमण देखिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २९ जना महिला र ८७ जना पुरुष गरी जम्मा १ सय १६ जना कोरोना मुक्त भएको निमित्त प्रमुख यादवले बताए । स्वास्थ्य कार्यालयका अनुसार बिहीवार राजविराज नगरपालिका वडा नं. ९ निवासी ८५ वर्षिया थेबडीदेवी यादवको कोरोना संक्रमणबाट मृत्यु भएको हो । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गएको जेठ १२ गते उनमा कोरोनाको संक्रमण देखिएको थियो ।
त्यसैगरी जिल्लाकै खडक नगरपालिका वडा नं. ३ बस्ने ५३ वर्षिया अनितादेवी बिकको समेत कोरोना संक्रमणबाट बुधवार मृत्यु भएको छ । अनितालाई विराटनगर स्थित इन्टरनेशनल अस्पतालमा जेठ १८ गते कोरोना संक्रमणको पुष्टि भएको र उपचारकै क्रममा त्यही अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट वैशाख ३ गते यता मृतकको कुल संख्या ९४ पुगेको हो ।