ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १२ चैत ।
भारतमा कोरोना संक्रमण तिव्र रुपमा बढि रहेको बेला सिमासँग जोडिएको सप्तरी जिल्लामा उच्च सतर्कता अपनाउँदै हेल्पडेक्स स्थापना गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले दिएको जानकारी अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हीमा हेल्पडेस्क स्थापना गरिएको हो ।
भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई प्रारम्भिक स्वास्थ्य जाँचकासाथै आवश्यक सोधपुछ कार्य सुरु भइसकेको जानकारी दिदै प्रमुख यादवले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म जाँचसँगै सोधपुरकार्य भइरहेको छ ।