अशोक झा
सिरहा, १२ चैत ।
वर्तमानको समयको मानवता तथा परिवर्तनको समय रहेको सामाजिक विकास मन्त्री नवल किशोर साह “रामबाबु”ले बताएका छन्।
सिरहाको मिर्चैया नगरपालिकामा बिहीवार आयोजित दलित अगुवाहरुको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
दलित समुदायको समग्र विकासका लागि प्रदेश सरकारले ऐन पारित गर्दै कार्यान्वयनमा ल्याएको भन्दै मन्त्री साहले वर्तमान समयमा कसैले जातीवादको कारणले कसैलाई पीडित बनायो भने त्यो सबभन्दा ठुलो अपराध हुने बताए ।
दलित सरोकार मंच सप्तरीका अध्यक्ष भोला पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य रामपरि देवी, दलित विकास समितिका सदस्य सेवकी देवि दास, श्यामसुन्दर सरदार, कर्जन्हा नगरपालिकाका प्रमुख, तिरहुत गाउँपलिकाका उपाध्यक्ष तिर्थमाया खंग लगायतका व्यक्तिहरुले आ–आफना धारणा राखेका थिए ।