अशोक झा
राजविराज, ०९ चैत । सप्तरी सदरमुकाम राजविराजमा संचालित तेस्रो सप्तरी प्रिमियर लिग अन्तरगत सोमवार सम्पन्न दुई वटा खेलमा तिलाठी कोइलाडी जायन्ट्स र टिभिएस किंग्स राजविराजले जित हात परेको छ ।
राजविराज स्थित राजरंगशालामा सम्पन्न सोमवारको दोस्रो खेलमा राजविराजले सुपर ओभरमा बोदबर्साइन बर्साइन थन्डर्सलाई पराजित गरेको हो ।
टिभीएस किंग्स राजविराजले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदेबर्साईन थन्डर्सले २० ओभरमा ७ विकेटको क्षमिा १ सय ५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमापहिले ब्याटिंग गरेको बोदेबर्साईनले मात्र ४ रन बनाएको थियो। ५ रनको लक्ष्य टिभीएस किंग्सले ३ बलमा पुरा गर्दै जित हासिल गरेको छ ।
बोदे बर्साईन थन्डर्सको ब्याटिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४६ रन, अविनाश कर्ण ४३ बलमा ४ चौका मद्दतले ४२ रन, नारायण जोशी २२ रन तथ ाअमित दासले १७ रनको योगदान दिएका छन् ।
टिभीएस किंग्सको बलिंगमा रोहित सिंह र दिनेश अधिकारीले समान २÷२ विकेट तथा मेहबुबआलम र सुरज कुर्मीले १÷१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ७ विकेट क्षतीमा १ सय ५६ रनको योगफल तयार गरेको थियो ।
टिभीएस किंग्सको लागि दिनेश अधिकरीले सर्वाधिक ५१ रन योगदान दिएका थिए भने सोनु अन्सारी ३०, सुरज प्रसाद कुर्मी २५, प्रशान्त सिंह २१ तथा रोबिन सिंह अविजित १० रनको योगदान दिएका थिए ।
बोदे बर्साईन् थन्डर्सको बलिंगमा बिशाल सुश्लिंग, बसन्त रेग्मी र सिद्धान्त लोहनीले २÷२ विकेट लिएका थिए भने खेलको प्लेयर अफ द म्याच दिनेश अधिकारी घोषित भएका थिए ।
यसअघि सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टसले बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेका थियो ।
बजाज खडक वारियर्सले दिएको १ सय रनको लक्ष्य तिलाठी कोइलाडी जायन्टसले १७ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेका थिए ।
तिलाठी कोइलाडी जायन्टसको लागि ओपनर आशिष झाले सर्वाधिक ६५ रनको योगदान दिएका थिए भने दिपेश कंडेल अविजित १३ रन बनाएका थिए ।
बजाज खडक वारियर्सको बलिंगमा भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले १÷१ विकेट लिएका थिए ।
टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो।
वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ तथा कप्तान विवेक यादवले २१ रनको योगदान दिएका थिए ।
तिलाठी कोइलाडी जायन्टसको बलिंगमा आदील अन्सारीले सर्वाधिक ४, राशिदखान र दिपेश कंडेलले २÷२ विकेट तथा कप्तान दिपेन्द्र सिंह ऐरी र मनिष मण्डलले १÷१ विकेट लिए थिए । खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा घोषित भएका छन् ।