अशोक झा
राजविराज, ०७ चैत ।
सप्तरीको कंचनरुपमा शुक्रवार राति भएको जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका वडा नं. ११ बेंग्रीमा भएको जीप दुर्घटनामा जीपका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ गई रहेको को२च २८७६ नम्बरको तरकारी बोकेको जिप अनियन्त्रित भइ सडक छेउमा रहेको आँपको रुखमा ठोकिएर भएको दुर्घटनामा जिपका चालक धनकुटाको छथर गाउँपालिका वडा नं. २ जोरपाटी बस्ने ३५ वर्षीय युवराज पिठाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।