अशोक झा, राजविराज, ०६ चैत । सप्तरी सदरमुकाम राजविराजमा हालै सम्पन्न प्रथम देव सुन्दर स्मृति भारोत्तोलनमा रजत पुरस्कार प्राप्त गरेकी एकजना खेलाडीलाई शुक्रवार सम्मान गरिएको छ । राजविराज स्थित रोज पब्लिक स्कुलको कक्षा ५ मा अध्ययनरत छात्रा अम्बिका यादवले विद्यालयको मान, सम्मान र प्रतिष्ठाको संगै जिल्लाको गौरब बढाएको भन्दै अम्बिकालाई विद्यालयले सम्मान गरेको छ । भारोतोलन राष्ट्रिय प्रतियोगितामा ६५ किलोग्राम तौल उचालेर नेपाल कै कलिलो ११ बर्ष उमेरमै युथ समूह तर्फ राष्ट्र मै दोस्रो स्थान हासिल गर्दै रजत पदक प्राप्त गरेकी छात्रा यादवलाई रोज पब्लिकका संस्थापक तथा जनता समाजवादी पार्टीका युवा नेता दिनेश यादवले सम्मान गरेका छन् ।