अशोक झा….
राजविराज, १८ भदौं । सप्तरीमा बिहीवार कोरोना संक्रमणबा दुई जनाको मृत्यु भएको छ ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं. ७ बस्ने ६५ वर्षिय गोपाल साह र राजगढ गाउँपालिका वडा नं. ६ निवासी ५० वर्षिय गणेश यादवको मृत्यु भएको छ ।
गोपाल साह सिकिस्त भई उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना–१९ अस्पतालमा भर्ना थिए भने गणेशलाई कोरोना संक्रमणको पुष्टि भए पश्चात उपचारको लागि राजविराज स्थित साइकृष्णा आइसोलेशनमा ल्याए लगत्तै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
यो संगै कोरोनाबाट मृतकको संख्या सप्तरीमा ८ पुगेको छ ।