अशोक झा
राजविराज, ०१ चैत ।
सप्तरी सदरमुकाम राजविराजमा आइतवार महासंघ लोकतन्त्र र परिवर्तनको पक्षधर नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले रहेको बताएका छन् ।
प्रमुख अतिथीको आसन्नबाट अध्यक्ष आचार्य प्रधानमन्त्री केपी शर्मा ओलीले असम्वैधानिक ढंगले संसद विघटन गरेको विरोधमा नेपाल पत्रकार महासंघ तत्कालै अघि बढेको र असम्वैधानिक कदमको विरोध गरी महासंघ लोकतन्त्र र परिवर्तनको पक्षमा स्पष्ट रुपमा रहेको दाबी गरे । आफ्नो कार्यकालमा महासंघको पदाधिकारीलाई बढी समावेशी बनाउनुको साथै नागरिकको आवाज उठाउने संस्थाको रुपमा उपस्थित भएको बताए ।
नेपाल पत्रकार महासंघ मधेशी समितिले जिम्मेवारी तथा उत्तरदायी पत्रकारिता, सुरक्षित र व्यवसायीक पत्रकारिताको लागि महासंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी आचार्यले महासंघलाई अगाडी दिनमा थप मर्यादित र उत्तरदायी बनाउनका लागि राजनीतिक पूर्वाग्रह त्यागेर योग्य, सक्षमलाई नेतृत्व दिन पत्रकार महासंघहरुसँग आग्रह गरे । सोही कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रले आफ्नो कर्यकालमा पत्रकारहरुको लागि विभिन्न गतिविधि अघि बढाएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश नं. २ मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा सहितकाले समेत मन्तव्य दिएका थिए । पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्षहरु वैद्यनाथ झा, मुरली प्रसाद यादव, व्यास शंकर उपाध्याय, धिरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा, प्रेस युनियन अध्यक्ष श्रवण देव, पत्रकार सुखराम यादव, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता सहित अन्यले सुझाव दिएका थिए ।