अशोक झा,
राजविराज, २९ फाल्गुन ।
सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले शनिवार आगलागीबाट पीडित परिवारलाई राहत प्रदान गरेका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १ बैरवाका अग्नि पीडित एकल महिला दुखनी देवी वैद्यलाई मन्त्री साहले राहत प्रदान गरेका हुन् ।
मन्त्री साह अग्नि पीडित वैद्यको घरमै गएर खाद्यान्न, भाडावर्तन, लत्ताकपडाका साथै नगदसहितको राहत प्रदान गर्दै यस्तो विषम परिस्थितिमा धैर्यका साथ बस्न सुझाव दिदै कुनै समस्या भए जानकारी अनुसार अगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।