अशोक झा
राजविराज, २९ फागुन । प्रदेश नं। २ का सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले शनिवार कोरोना विरुद्धको खोप लगाएका छन् ।
आफ्नै गृह नगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्य चौकी स्थित खोप केन्द्रमा गएर मन्त्री साहले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
मन्त्री साहलाई स्वास्थ्य चौकीका सिनियर अहेब राजेश कुमार यादव र सिनियर अनमि जिबछी कुमारी चौधरीले खोप लगाएको नगरपालिकाका स्वास्थ्य फाँटका सह संयोजक राजेश्वर प्रसाद रायले जानकारी दिए ।
२ बजेर २६ मिनेटम मन्त्री साहलाई खोप लगाएको र त्यस पश्चात ३० मनेटसम्म मन्त्री साह स्वास्थ्य चौकीमै बसेको बताउँदै उक्त समयावधीमा मन्त्री साहलाई कुनै किसिमको लक्षण नदेखिए पश्चात घर पठाइएको सह संयोजक रायले बताए ।
खोप लगाए पश्चात मन्त्री साहले कोरोना विरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह समेत गरे । कोरोना विरुद्धको खोपको वारेमा केही तत्वले अनावश्यक टिका टिप्पणी सहित अफवाह फैलाएको भन्दै कुनै अफवाह पछि नलागि सहज रुपमा खोप लगाउन उनले सर्वसाधारणमा आग्रह गरे ।